धनगढी- शनिबार सुदूरपश्चिममा थप ६४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले शनिबार साँझ ५ बजे विज्ञप्ति जारी गर्दै कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङ जिल्लामा गरी ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।
यीमध्ये सबैभन्दा बढी डडेल्धुरामा २४, कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा ५ र डोटीमा ३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ।
यसअघि प्रदेशमा सोमबार पनि ३७ जना कोरोना संक्रमित पुष्टि भएका थिए। सोमबारभन्दा २७ जना बढी शनिबार संक्रमित पुष्टि भएका हुन्।
