काठमाडौं- कोरोनाको आशंकामा गत २४ घण्टामा ५ हजार ३ सय ६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म ३ लाख ५८ हजार १९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ३८ हजार ६ सय ८३ जनाको पिसिआर र २ लाख १९ हजार ३ सय ३६ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
सोमाबार ४ सय ५१ थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। कुल संक्रमितमध्ये १ हजार १ सय ४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। जसमध्ये ६७ जना सोमबार मात्र डिस्चार्ज एका हुन्।
पोखरामा सोमबारबाट पिसिआर परीक्षण सुरु भएको छ। यो सँगै पिसिआर परीक्षण हुने स्थानको संख्या २२ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए।
मुलुकभर हाल ५ हजार १ सय ५१ जना अस्पतालको आइसोलेसनमा र १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।