काठमाडौं— त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ।
प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले तीन जनाको नाम सिफारिस गरेको हो।
सिफारिस कमिटिले सोमबार डा प्रदीप बैद्य, डा दिव्यासिंह शाह र डा उत्तम श्रेष्ठको नाम सिफासिर गरेको छ।
त्रिवि कार्यकारी परिषद्ले सिफारिस भएका ३ जना मध्येबाट एक जनालाई आइओएमको डिन नियुक्त गर्ने छन्।
रिक्त रहेको पदका लागि नयाँ डिन सिफारिस गर्न जेठ २३ गते डा ज्ञवालीको संयोजकत्वमा कमिटी गठन भएको थियो। उक्त कमिटीमा प्राडा सुवासराज आचार्य र प्राडा जीवन शेरचन सदस्य छन्।।
प्राडा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त भएको छ।