काठमाडौं- नेपालमा बिहीबार थप १९ जना कोरोना उपचारपछि डिस्चार्ज भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
जुम्लामा उपचाररत ६ जना, दैलेखमा उपचाररत १ जना, सल्कोट आइसोलेसन सेन्टरबाट ३ जना, सुर्खेतमा उपचाररत १ जना र नारयणी अस्तपालमा उपचाररत ८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसहित नेपालमा हालसम्म १ हजार १ सय ८६ जना उपचारपछि निको भएका छन्।
नेपालमा सोमबारसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म नेपालमा ७ हजार ८ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।