काठमाडौं- कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार २ सय ३१ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म ४ लाख ९ हजार ६ सय २३ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख ६१ हजार ७ सय ४९ जनाको पिसिआर र २ लाख ४७ हजार ८ सय ७४ जनाको आरडिटीबाट परीक्षण भएको छ।
शुक्रबार ४ सय २६ थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । जसमध्ये ७ सय ७ महिला र ७ हजार ५ सय ६७ पुरुष छन् । मृतकको संख्या २२ छ । हालसम्म १ हजार ४ सय २ उपचारपछि डिस्चार्ज भएका छन् । गत २४ घण्टामा २ सय १६ जना उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
मुलुकभर हाल ६ हजार ८ सय ५० जना अस्पतालको आइसोलेसनमा र १ लाख ९ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।