काठमाडौं- थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रकाशित शनिबार बिहान ६:१५ को सूचना अनुसार ५८ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।
सूचना अनुसार तनहुँमा २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५ जनामा, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना, बाग्लुङमा ८ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका बताइएको छ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ। नेपालभर भने ८ हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।
कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।
हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।