फाइल तस्बिर
काठमाडौं– कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले क्वारेन्टाइनको व्यवस्थापनका लागि सम्बन्धित प्रदेश सरकारबाट ३५ करोड पालिकाहरुलाई पठाउने निर्णय गरेको छ।
कोरोना संक्रमणको हालको अवस्था, संक्रमण दर र विदेशबाट आउने व्यक्तिहरूको संख्यालाई समेत मध्यनजर गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा गरिने निर्णय गरिएको हो।
सो रकमबाट क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन गरिने तथा प्रयोगशालाको क्षमता विस्तार गरिने उल्लेख गरिएको छ।