काठमाडौं- शनिबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमध्ये गत २४ घण्टामा ३ सय ३१ नयाँ संक्रमित थपिएका छन्।
हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मुस्ताङ, रसुवा र ओखलढुंगामा भने अहिलेसम्म संक्रमित फेला परेका छैनन्।
मन्त्रालयको तथ्यांक अनुसार कुल संक्रमितमध्ये हालसम्म १ हजार ५ सय ७८ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कोरोना संक्रमित २२ जनाको मृत्यु भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी रौतहटमा १ हजार १ सय १२ जनामा संक्रमण देखिएको छ। तथ्यांक अनुसार देशका ११ जिल्लामा २ सय भन्दा बढी संक्रमित फेला परेका छन्। रौतहटपछि क्रमश दैलेखमा ७२५, कपिलवस्तुमा ६८०, सर्लाहीमा ५६२, महोत्तरीमा ५२४, सुर्खेत २९८, दाङमा २७३, धनुषामा २६०, रुपन्देहीमा २५६, बाँकेमा ३४३ र कैलालीमा २०५ जनामा संक्रमण देखिएको छ।
यस्तै हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, मनाङ र लमजुङमा एक एक जना संक्रमित फेला परेका छन्।
शनिबार कहाँ कति थपिए?
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभरका विभिन्न जिल्लामा गरी ३ सय ३१ संक्रमित थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित छन् ।
यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा बाराका ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जाका १ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना संक्रमित भेटिएका छन् ।
पोखरा प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना र तनहुँका २३ जनामा समेत कोरोना संक्रमण पाइएको छ । यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १६ जना, बाँकेको भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा रुकुम पश्चिमका १ जना, दाङका ४ जना र प्यूठानका ८ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १११२
दैलेख – ७२५
कपिलवस्तु – ६८०
सर्लाही – ५६२
महोत्तरी – ५२४
सुर्खेत – २९८
दाङ – २७३
धनुषा – २६०
रुपन्देही – २५६
बाँके – ३४३
कैलाली – २०५
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
झापा – १७९
सल्यान – १६५
अर्घाखाँची – १६५
पर्सा – १५८
सप्तरी – १५६
गुल्मी – १६८
बर्दिया – १५०
डडेल्धुरा – १४४
बैतडी – १३८
मोरङ – ११५
बारा – १०५
नवलपरासी पूर्व – १२७
कञ्चनपुर – ९४
धादिङ – १०१
सिरहा – ८०
स्याङजा – ७७
बागलुङ – ९४
अछाम – ७२
बाजुरा – ७०
प्युठान – ७४
सुनसरी – ६२
पाल्पा – ८९
डोटी – ११४
नवलपरासी पश्चिम – ५४
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
उदयपुर – ५०
गोरखा – ४७
तनहुँ – ४५
चितवन – ४३
कालिकोट – ४२
जुम्ला – २६
सिन्धुपाल्चोक – २६
रामेछाप – २५
बझाङ – २०
कास्की – १५
मकवानपुर – १४
दार्चुला – १२
नुवाकोट – १२
काठमाडौं – १६
जाजरकोट – ८
सिन्धुली – ८
धनकुटा – ८
भक्तपुर – ६
भोजपुर – ६
ललितपुर – ५
म्याग्दी – ४
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ३
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – १
मुगु – १
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – १
