काठमाडौं–नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले विज्ञप्ति जारी गर्दै प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको जनाएको हो।
महाशाखाका अनुसार सल्यानमा ६, सुर्खेतमा २, दैलेखमा २ र रुकुम पश्चिममा १ जनामा संक्रमण देखिएको हो। संक्रमितमा १० पुरुष र १ महिला छन्। सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको महाशाखाले जनाएको छ।
योसँगै कर्णाली प्रदेशमा कोभिड १९ पुष्टि भएकाहरुको संख्या १२५६ पुगेको छ भने हालसम्म ५३१ जना निको भई डिस्चार्ज भइसकेका छन्। नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय ३२ पुगेको छ। नेपालमा हालसम्म २२ जनाको मृत्यु भइसकेको छ।
