काठमाडौं- कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म ४ लाख ४९ हजार ४ सय ७४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ८१ हजार ३ सय ७१ जनाको पिसिआर र २ लाख ६८ हजार १ सय ३ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
सोमबार ५ सय ३५ जना थपिएसँगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ । जसमध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष छन्।
हालसम्म २ हजार १ सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन्। गत २४ घण्टामा ३ सय ७० जना डिस्चार्ज भएको डा गौतमले बताए।
मुलुकभर हाल ७ हजार ७ सय ८९ जना अस्पतालको आइसोलेसनमा र ९० हजार ७ सय ३० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।