काठमाडौं - नेपालमा सोमबार थप एक जिल्लामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७६ पुगेको छ । सोमबार ओखलढुंगामा पहिलो पटक एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म रसुवा जिल्लामा मात्र कोरोना संक्रमित भेटिएको छ ।
आइतबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।
हालसम्म देशभर १३ जिल्लामा २ सय भन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी रौतहटमा १ हजार १ सय ४६, दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरी ५२७, सुर्खेतमा ३ सय संक्रमित भेटिएका छन्। त्यसैगरी, दाङमा २९६, धनुषामा २७८, रुपन्देहीमा २७०, बाँकेमा ३४४, कैलालीमा २९० र अर्घाखाँची २४९ कोरोना संक्रमित भेटिएका छन्।
देशभर २५ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३८ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – ११४६
दैलेख – ७२६
कपिलवस्तु – ७०५
सर्लाही – ६१४
महोत्तरी – ५२७
सुर्खेत – ३००
दाङ – २९६
धनुषा – २७८
रुपन्देही – २७०
बाँके – ३४४
कैलाली – २९०
अर्घाखाँची – २४९
गुल्मी – २३१
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
झापा – १८८
सल्यान – १७१
पर्सा – १५८
सप्तरी – १७३
बर्दिया – १५३
डडेल्धुरा – २००
बैतडी – १५४
मोरङ – १२९
बारा – १०८
नवलपरासी पूर्व – १५३
कञ्चनपुर – ९५
धादिङ – १०१
सिरहा – १५५
स्याङजा – १२०
बागलुङ – ११७
अछाम – ७६
बाजुरा – ७०
प्युठान – १२४
सुनसरी – ६४
पाल्पा – १८३
डोटी – १४८
नवलपरासी पश्चिम – ८१
तनहुँ – ८३
उदयपुर – ५५
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
गोरखा – ४७
चितवन – ४८
कालिकोट – ४२
जुम्ला – २६
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
बझाङ – २२
कास्की – १६
मकवानपुर – १४
दार्चुला – १२
नुवाकोट – १३
काठमाडौं – ४१
जाजरकोट – ९
सिन्धुली – ८
धनकुटा – ८
भक्तपुर – १६
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ३
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – १
मुगु – १
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – १
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १