कैलाली– नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै जनाएअनुसार एक सय ३२ स्वाब परीक्षण गर्दा कैलालीका ४६ तथा बाजुरा, कन्चनपुर र बझाङका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धनगढी प्रयोगशालामा भएको परीक्षणमा १७ महिला र ३२ पुरुष छन्मा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय १० जना पुगेको छ। कोरोनाबाट हालसम्म २३ जनाको मृत्यु भइसकेको छ।