काठमाडौं— पछिल्लो २४ घण्टामा देशभरबाट थप ७६ जना व्यक्ति कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। आज ८ महिला र ६८ पुरुष संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।
पछिल्लो २४ घण्टामा गोठगाउँ आइसोलेसन झापाबाट एक जना, कोशी अस्पतालबाट झापाका एक महिला सहित ४ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १, उदयपुरका १ महिला र ३ पुरुष, मोरङका १४ पुरुष, रामेछाप अस्पतालबाट १३ पुरुष, मोरङबाट १४ जना, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट २ महिला र ३ पुरुष निको भई डिस्चार्ज भएका छन्।
त्यसैगरी, गण्डकी अस्पतालबाट पर्साका २ महिला र ९ पुरुष, कोभिड-१९ कमाण्ड अस्पताल बलम्बुबाट नवलपरासीका १ महिला, बेनी अस्पताल म्याग्दीबाट २ पुरुष, धौलागिरी अस्पताल बाग्लुङबाट ३ पुरुष स्याङजाबाट ३ जना पुरुष, गोरखा अस्पतालबाट ७ पुरुष,जिपी कोइराला शुक्ला गण्डकी तनहुँबाट २, ह्याम्स अस्पतालबाट कास्कीका १ पुरुष, कालिका अस्पताल अस्पताल भिरकोटबाट स्याङजाका १ पुरुष, पाटन अस्पतालबाट लमजुङका १ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङजाका १ महिला र कास्कीका ३ पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।
योसँगै देशभरबाट हालसम्म दुई हजार २२४ व्यक्ति डिस्चार्ज भएका छन्। १८९ महिला र दुई हजार ३५ पुरुष छन्।
आज देशभर ५३८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै देशभर कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। जसमध्ये २४ संक्रमितको मृत्यु भएको छ।