काठमाडौं- कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय ९५ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म ४ लाख ५७ हजार ९ सय ५० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ८६ हजार ३ सय ६६ जनाको पिसिआर र २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
मंगलबार ५ सय ३८ भेटिएसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९० पुगेको छ। जसमध्ये २ हजार २ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतकको संख्या २४ पुगेको छ। गत २४ घण्टामा मात्र ७६ जना अस्पतालबाट डिस्चार्ज भएका हुन्।
मुलुकभर हाल ७ हजार ८ सय ५१ जना अस्पतालको आइसोलेसनमा र ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।