काठमाडौं- मंगलबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९० पुगेको छ। गत २४ घण्टामा मात्र ५ सय ३८ नयाँ संक्रमित भेटिएका छन्।
रसुवा जिल्ला बाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर १४ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी रौतहटमा १ हजार १ सय ५९, दैलेखमा ७४९, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१६, महोत्तरी ५३९, सुर्खेतमा ३२३ संक्रमित भेटिएका छन्। त्यसैगरी, बाँकेमा ३४४, कैलालीमा ३२८, धनुषामा ३१७, दाङमा ३१५, रुपन्देहीमा २७४, र अर्घाखाँची २५१, गुल्मीमा २३६ र २०४ कोरोना संक्रमित भेटिएका छन्।
देशभर २६ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३७ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
गत २४ घण्टामा भेटिएका ५ सय ३८ मध्ये ९० महिला र ४ सय ४८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ स्थानमा गरिएको प्रयोगशालामा गत २४ घण्टामा ५ सय ३८ संक्रमित भेटिएका हुन्।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – ११५९
दैलेख – ७४९
कपिलवस्तु – ७०५
सर्लाही – ६१६
महोत्तरी – ५३९
सुर्खेत – ३२३
दाङ – ३१५
धनुषा – ३१७
रुपन्देही – २७४
बाँके – ३४४
कैलाली – ३२८
अर्घाखाँची – २५१
गुल्मी – २३६
डडेल्धुरा – २०४
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
झापा – २००
सल्यान – १७५
पर्सा – १५८
सप्तरी – १९५
बर्दिया – १५३
बैतडी – १५४
मोरङ – १३१
बारा – १०८
नवलपरासी पूर्व – १७५
कञ्चनपुर – ११२
धादिङ – १३७
सिरहा – १६२
स्याङजा – १४२
बागलुङ – १३१
अछाम – ८३
बाजुरा – ९०
प्युठान – १७४
सुनसरी – ६७
पाल्पा – २३१
डोटी – १४८
नवलपरासी पश्चिम – ८१
तनहुँ – ९१
उदयपुर – ५५
गोरखा – ८१
पर्वत – ६५
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
चितवन – ४८
कालिकोट – ४३
जुम्ला – २६
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
बझाङ – ४४
कास्की – २४
मकवानपुर – १४
दार्चुला – १२
नुवाकोट – १३
काठमाडौं – ४१
जाजरकोट – ९
सिन्धुली – ८
धनकुटा – ८
भक्तपुर – १६
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – २
मुगु – १
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – ६
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १