काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रतिष्ठानको अस्पताल निर्देशक डा मंगल रावलका अनुसार स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अरु कर्मचारीको पनि पिसिआर जाँच हुने भएको छ।
डा रावलका अनुसार अस्पतालमा आकस्मिक र अन्य सेवा गाइडलाइन अनुसार चलिरहेको छ।
'डिसइन्फेक्ट लगायतका प्रक्रियाका लागि ओपिडी सेवा केही समयका लागि बन्द छ,' उनले भने 'तर हामीले कोभिड उपचारको गाइडलाइन अनुसार आकस्मिक लगायतका सेवा भने चलाइरहेका छौं।'
डा रावलका अनुसार संक्रमण देखिएका स्वास्थ्यकर्मी सबैको अवस्था सामान्य छ।
