काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा सुधा देवकोटालाई दिएका छन्।
स्वास्थ्य मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा देवकोटालाई उक्त जिम्मेवारी दिएका छन्।
महाशाखाको जिम्मेवारी सम्हालिरहेका डा रमेश खरेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएपछि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र प्रमुखविहीन थियो।