काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट ३१२ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये १९ महिला र २९३ जना पुरुष छन्।
जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दैलेखबाट २ महिला र ५ पुरुष, गौरीशंकर कलेज रौतहटबाट ३ महिला र ७७ पुरुष, अल्पाइन नर्सिङ इन्टिच्यूट सलाईहीबाट ६९ पुरुष, कोभिड १९ यूनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट २ पुरुष,बाँकेका विभिन्न आइसोलेसनबाट ३ महिला र २८ पुरुष संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
प्रादेशिक अस्पताल जनकपुरबाट ४ पुरुष, जनकपुर कोभिड अस्पताल सपही जनकपुरबाट ३ महिला र ४२ पुरुष, सिरहाबाट १ पुरुष, साईकृष्ण आइसोलसन सप्तरीबाट ३ महिला र १२ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ महिला २९ पुरुष, दैलेखबाट १ पुरुष डिस्चार्ज भएका छन्।
देशभरबाट हालसम्म २ हजार ६५० जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २१६ र २ हजार २३४ जना पुरुष रहेका छन्।
नेपाल पछिल्लो २४ घण्टामा ४३४ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या ११ हजार १सय ६२ पुगेको छ। जसमध्ये २६ जनाको मृत्यु भएको छ।