काठमाडौं– नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लामा संक्रमण देखिएको हो।
तनहुँका २, स्याङजाका १, बाग्लुङका १ र नवलपरासी पूर्वका २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत् जनाएका छन्। सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । नेपालमा भने ११ हजार १ सय ८७ पुगेको छ।