मुख्य समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप २ स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– कर्णाली प्रदेशमा थप २५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विज्ञप्तिमार्फत् जनाएअनुसार २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा संक्रमण पुष्टि भएको हो। 

प्रतिष्ठानमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसीआर परीक्षण गरिएकोमा २ स्वास्थ्यकर्मी, १ जना भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको जनाइएको हो। 

प्रतिष्ठानमा बुधबार ४ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो।

संक्रमित सबै जना प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निर्देशक डा मंगल रावलले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको जनाएका छन्। 

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार २ सय १२ पुगेको छ। 

आजै बिहान गण्डकी प्रदेशमा पनि थप २५ जनामा संक्रमण पुष्टि भएको थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने