काठमाडौं- काठमाडौं निवासी एक जना सहित कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जुम्लामा रहेका काठमाडौं टोखा निवासी २९ वर्षीय पुरुष सहित ७ जिल्लाका २६ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सुर्खेतका १३, दैलेखका ५, सल्यानका ३, जाजरकोटका २ र जुम्लाका १ जना मा कोरोना संक्रमण देखिएको हो। यो सहित कर्णाली प्रदेशमा हालसम्म १ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
संक्रमण देखिएकामध्ये कर्णालीमा ७२० जना संक्रमण मुक्त भइसकेका ५न् भने ६ जनाको मृत्यु भएको छ।