काठमाडौं- शुक्रबार साँझसम्म रसुवाबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५९३ थप कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमध्ये २ हजार ६ सय ९८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म २७ संक्रमितको मृत्यु भएको छ।
रसुवा जिल्ला बाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर १९ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै रौतहटमा १ हजार २ सय ५९ संक्रमित छन्।
दैलेखमा ७५८ कपिलवस्तुमा ७२७, सर्लाहीमा ६३७, महोत्तरीमा ५५५, कैलालीमा ५१०, दाङमा ४४६, बाँकेमा ३५३, सुर्खेतमा ३५८, धनुषामा ३३२, रुपन्देहीमा २८१, अर्घाखाँचीमा २५४, गुल्मीमा २६६, झापामा २१५, डडेल्धुरामा २०४ र सप्तरी २०१, कञ्चनपुरमा २४० जना संक्रमित भेटिएका छन्।
देशभर २२ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३५ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १२५९
दैलेख – ७५८
कपिलवस्तु – ७२७
सर्लाही – ६३७
महोत्तरी – ५५५
सुर्खेत – ३५८
दाङ – ४४६
धनुषा – ३३२
रुपन्देही – २८१
बाँके – ३५३
कैलाली – ५१०
अर्घाखाँची – २५४
गुल्मी – २६६
डडेल्धुरा – २०४
झापा – २१५
सप्तरी – २०१
पाल्पा – ३२२
डोटी – २४२
कञ्चनपुर – २४०
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १७९
पर्सा – १५८
बर्दिया – १५४
बैतडी – १८३
मोरङ – १३४
बारा – ११०
नवलपरासी पूर्व – १०३
धादिङ – १३९
सिरहा – १६८
स्याङजा – १५०
बागलुङ – १४१
अछाम – ९४
बाजुरा – १२५
प्युठान – १०४
सुनसरी – ७८
नवलपरासी पश्चिम – ८२
तनहुँ – ९४
उदयपुर – ५५
गोरखा – ९०
पर्वत – ६८
बझाङ – ५३
चितवन – ६१
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४४
जुम्ला – २९
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
कास्की – ३५
मकवानपुर – १४
दार्चुला – १५
नुवाकोट – १४
काठमाडौं – ४५
जाजरकोट – १२
सिन्धुली – १४
धनकुटा – ८
भक्तपुर – १७
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – २
मुगु – २
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – १७
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १
यो पनि :