मुख्य समाचार

रसुवामा पनि भेटियो कोरोना, नेपालका सबै जिल्लामा संक्रमित

काठमाडौं— शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्। 

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

शनिबार देशभर ५५४ जना संक्रमित थपिएका छन्। देशभर १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ। मध्ये २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने