काठमाडौं— पछिल्लो २४ घण्टामा देशभरबाट १७९ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १३ र १६६ जना पुरुष छन्।
रौतहट पुलिस एकेडेमी आइसोलेसनबाट ४६ पुरुष, कोभिड-१९ अस्पताल सपही धनुषाबाट ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष, संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
त्यसैगरि, कोरोना विशेष अस्पतालबाट ६ महिला र ३३ पुरुष, सिरहा अस्पतालबाट ६ पुरुष, महेन्द्र जनरल अस्पतालबाट १ महिला र १२ पुरुष र कलैया अस्पतालबाट १७ पुरुष निको भई डिस्चार्ज भएका छन्।
देशभरबाट हालसम्म तीन हजार १३ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २५५ र २ हजार ७ सय ५८जना पुरुष रहेका छन्।
नेपाल पछिल्लो २४ घण्टामा ४६३ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १२ हजार ७सय ७२ पुगेको छ। जसमध्ये २८ जनाको मृत्यु भएको छ।