काठमाडौं - आइतबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ४ सय ६३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७७ वटै जिल्लामा संक्रमित भेटिएको छ।
हालसम्म देशभर २ सय बढी कोरोना संक्रमित भेटिएको जिल्लाको संख्या २१ पुगेको छ। बैतडी जिल्ला पनि यसको सूचीमा परेसँगै २ सय बढी संक्रमित भेटिएको जिल्ला २१ पुगेको हो।
२ सय बढी भेटिएका जिल्लाको पहिलो सूचीमा हाल पनि रौतहट नै रहेको छ। रौतहटमा सबैभन्दा धेरै १ हजार ३ सय १० संक्रमित भेटिएका छन्। दैलेखमा ७५८, कपिलवस्तुमा ७४३, सर्लाहीमा ६४४, महोत्तरी ६४१, कैलालीमा ५३८, दाङमा ५११, सुर्खेतमा ३६५, धनुषामा ३४५ लगायत छन्।
देशभर २० जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३६ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३१०
दैलेख – ७५८
कपिलवस्तु – ७४३
सर्लाही – ६४४
महोत्तरी – ६४१
सुर्खेत – ३६५
दाङ – ५११
धनुषा – ३४५
रुपन्देही – ३०१
बाँके – ३५५
कैलाली – ५३८
गुल्मी – ३११
डडेल्धुरा – २१३
अर्घाखाँची – २७८
झापा – २१७
सप्तरी – २०१
पाल्पा – ३५०
डोटी – ३०७
बाजुरा – ३०६
कञ्चनपुर – २४५
बैतडी – २०७
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १९४
पर्सा – १६१
बर्दिया – १५८
मोरङ – १५३
बारा – १२२
नवलपरासी पूर्व – १३६
धादिङ – १४३
सिरहा – १६८
स्याङजा – १७६
बागलुङ – १७८
अछाम – १०७
प्युठान – १८८
सुनसरी – ७९
नवलपरासी पश्चिम – ८२
तनहुँ – १००
उदयपुर – ६८
गोरखा – ९१
पर्वत – ७०
बझाङ – ६१
चितवन – ६३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४४
जुम्ला – २९
सिन्धुपाल्चोक – २९
रामेछाप – २६
कास्की – ४०
मकवानपुर – १६
दार्चुला – १६
नुवाकोट – २०
काठमाडौं – ४९
जाजरकोट – १३
सिन्धुली – १४
धनकुटा – ८
भक्तपुर – १८
भोजपुर – ६
ललितपुर – ७
म्याग्दी – १०
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ४
संखुवासभा – २
इलाम – ७
हुम्ला – ३
मुगु – २
डोल्पा – १
रुकुम पश्चिम – ३
सोलुखुम्बु – १
खोटाङ – ८
मनाङ – १
लमजुङ – १८
रोल्पा – ४६
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १
रसुवा – ९