काठमाडौं - नेपालमा पछिल्लो १५ दिनको तथ्यांका हेर्दा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत १५ दिनमा संक्रमितको संख्या ७ हजार १२ जानले वृद्धि भएको छ ।
१५ दिन अघि जेठ ३२ गते संक्रमितको संख्या ५ हजार ७ सय ६० थियो। असार १४ सम्म आइपुग्दा उक्त संख्यामा ७ हजार १२ थप हुँदै १२ हजार ७ सय ७२ पुगेको छ।
सोही अवधिमा डिस्चार्ज हुनेको संख्या पनि बढेको छ। १५ दिनमा २ हजार ३९ जना डिस्चार्ज भएका छन् जेठ ३२ गते डिस्चार्ज हुनेको संख्या ९ सय ७४ रहेकोमा असार १४ गते २ हजार ३९ ले बढ्दै ३ हजार १३ जना पुगेको मन्त्रालयले जनाएको छ।
जेठ ३२ गते नेपालमा ४ सय २५ जना संक्रमित भेटिएका थिए। उक्त संख्या थपिएपछि ३२ गतेसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको मन्त्रालयले जनाएको छ। जेठ ३२ गते नै ६१ जना डिस्चार्ज भएपछि कुल संख्या ९ सय ७४ पुगेको थियो।
असार १ गते ४ सय ५१ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको थियो। त्यस दिन डिस्चार्ज हुनेको संख्या पनि १ हजार ४१ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो १५ दिनमा कोरोना संक्रमित र डिस्जार्च हुनेको संख्या तथ्यांकमा :
जेठ ३२ – संक्रमित ५७६०, सक्रिय केस ४७६७, डिस्चार्ज ९७४,
असार १ – संक्रमित ६२११, संक्रिय केस ५१५१, डिस्चार्ज १०४१
असार २ – संक्रमित ६५९१, संक्रिय केस ५४१४, डिस्चार्ज ११५८
असार ३ – संक्रमित ७१७७, सक्रिय केस ५९९०, डिस्चार्ज ११६७
असार ४ – संक्रमित ७८४८, सक्रिय केस ६६४०, डिस्चार्ज ११८६
असार ५ – संक्रमित ८२७४, सक्रिय केस ६८५२, डिस्चार्ज १४०२
असार ६ – संक्रमित ८६०५, सक्रिय केस ७००५, डिस्चार्ज १५७८
असार ७ – संक्रमित ९०२६, संक्रिय केस ७२३१, डिस्चार्ज १७७२
असार ८ – संक्रमित ९५६१, सक्रिय केस ७३९०, डिस्चार्ज २१४८
असार ९ – संक्रमित १००८८, सक्रिय केस ७८५१, डिस्चार्ज २२२४
असार १० – संक्रमित १०७२८, सक्रिय केस ८३६६, डिस्चार्ज २३३८
असार ११ – संक्रमित १११६२, सक्रिय केस ८४८६, डिस्चार्ज २६५०
असार १२ – संक्रमित ११७५५, सक्रिय केस ९०३०, डिस्चार्ज २६९८
असार १३ – संक्रमित १२३०९, सक्रिय केस ९४४७, डिस्चार्ज २८४३
असार १४ – संक्रमित १२७७२, सक्रिय केस ९७३१, डिस्चार्ज ३०१३
हालसम्म देखिएका संक्रमितमध्ये ८९ प्रतिशत पुरुष र ११ प्रतिशत महिला रहेको मन्त्रालयले जनाएको छ ।