काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट १२१ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १३ र १०८ जना पुरुष छन्।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाबाट झापाका एक पुरुष, नारायणी अस्पताल विरगञ्जबाट पर्साका तीन महिला २० पुरुष, अल्पमाई नर्सिङ इन्टिस्च्यूट सर्लाहीबाट १३ पुरुष, कोभिड१९ अस्पताल सपही धनुषाबाट तीन पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।
त्यसैगरि, महेन्द्रगेनाई अस्पताल सिरहा बाट एक महिला र १३ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट एक महिला र एक पुरुष, म्याग्दी अस्पताल म्यादीबाट तीन पुरुष, पर्वत अस्पताल पर्वतबाट दुई महिला र ६ पुरुष, स्याङजा अस्पतालबाट चार महिला र २९ पुरुष, तँनहु अस्पताल तँनहुबाट ५ पुरुष, नुवाकोट अस्पताल नुवाकोटबाट २ महिला र ६ पुरुष, सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालब बाँकेबाट २ पुरुष, आर्दशनगर आइसोलेसन सेन्टर बाँके ३ पुरुष, आइसोलेसन सेन्टर खजुरा बाँकेबाट ३ पुरुष संक्रमणमुक्त भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभरबाट हालसम्म तीन हजार १सय ३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २६६ र २ हजार ८सय ६६ जना पुरुष रहेका छन्।
नेपाल पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १३ हजार ६सय ६२ सय ७२ पुगेको छ। जसमध्ये २९ जनाको मृत्यु भएको छ।