काठमाडौं - सोमबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १३ हजार नाघेको छ। गत २४ घण्टामा ४ सय ७६ जना थपिएसँगै संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर हाल २१ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै रौतहटमा १ हजार ३ सय २८ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। दैलेखमा ७५८, कपिलवस्तुमा ७४५, महोत्तरीमा ६४५, सर्लाहीमा ६४४, कैलालीमा ५६८, दाङमा ५६९, बाजुरामा ४०४, सुर्खेतमा ३६५, धनुषामा ३५१ लगायत भेटिएका छन्।
देशभर २१ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। सोमबार काठमाडौंमा संक्रमितको संख्या ५५ पुगेसँगै काठमाडौं पनि यो सूचीमा सूचीकृत भएको छ। ३५ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
संक्रमण मुक्त भएर डिस्चार्ज भएपछि नेपालको तीन वटा जिल्लामा भने यतिबेला सक्रिय संक्रमितको संख्या शून्य छ। केही समय अघिसम्म ती जिल्लमा संक्रमित थिए। संक्रमण मुक्त भएका जिल्लामा संखुवासभा, सोलुखुम्बु र भोजपुर हुन्। संखुवासभामा २, सोलुखुम्बुमा १ र भोजपुरमा ६ जना संक्रमित भेटिएको थियो।
यसअघि काभ्रेपलाञ्चोलक पनि यसको सूचीमा थियो। तर सोमबार काभ्रेमा एक जना संक्रमित भेटिएका छन्।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३२८
दैलेख – ७५८
कपिलवस्तु – ७४५
सर्लाही – ६४४
महोत्तरी – ६४५
सुर्खेत – ३६५
दाङ – ५६९
धनुषा – ३५१
रुपन्देही – ३०६
बाँके – ३५५
कैलाली – ५६८
गुल्मी – ३३१
डडेल्धुरा – २१३
अर्घाखाँची – ३१३
झापा – २१७
सप्तरी – २१६
पाल्पा – ३७६
डोटी – ३४९
बाजुरा – ४०४
कञ्चनपुर – २४५
बैतडी – २०७
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १९४
पर्सा – १६२
बर्दिया – १५८
मोरङ – १५४
बारा – १२५
नवलपरासी पूर्व – १३६
धादिङ – १४५
सिरहा – १६८
स्याङजा – १८४
बागलुङ – १९२
अछाम – १०७
प्युठान – १९६
सुनसरी – ७९
नवलपरासी पश्चिम – ८२
तनहुँ – १०९
उदयपुर – ६८
गोरखा – ९६
पर्वत – ८३
बझाङ – ६१
चितवन – ६७
काठमाडौं – ५५
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४६
जुम्ला – २९
सिन्धुपाल्चोक – २९
रामेछाप – २६
कास्की – ४०
मकवानपुर – १७
दार्चुला – १६
नुवाकोट – २०
जाजरकोट – १३
सिन्धुली – १४
धनकुटा – ९
भक्तपुर – १९
भोजपुर – ६
ललितपुर – ८
म्याग्दी – १०
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ४
संखुवासभा – २
इलाम – ७
हुम्ला – ३
मुगु – २
डोल्पा – ३
रुकुम पश्चिम – ४
सोलुखुम्बु – १
खोटाङ – ९
मनाङ – १
लमजुङ – १८
रोल्पा – ४७
काभ्रेपलाञ्चोक – ७
मुस्ताङ – १
ओखलढुंगा – १
रसुवा – ९
यो पनि : के मदिरा सेवनले शरीर भित्रको कोरोना भाइरस मार्छ? यस्तो छ वास्तविकता