मुख्य समाचार

कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लुएचओको टोली चीन जाँदै

एजेन्सी– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एक टोली चीन पठाउने भएको छ। 

डब्लुएचओ टोली आगामी साता चीन जाने जनाइएको छ। डब्लुएचओ अधिकारीहरुले गत मेको सुरुदेखि नै कोरोना कहाँबाट फैलिएको हो भन्नेबारेमा अध्ययन गर्न विशेषज्ञको टोली बोलाउन चीनसँग आग्रह गर्दै आएको छ। 

डब्लुएचओ प्रमुख टेड्रोस एडहानमले एक भर्चुअल पत्रकार सम्मेलनमा भने, ‘भाइरसका बारेमा थाहा भएपछि हामी त्यसविरुद्ध प्रभावकारी तरिकाबाट लड्न सक्छौं, कहाँबाट सुरु भयो भन्नेबारेमा पत्ता लगाउनु आवश्यक छ, त्यसका लागि हामी आगामी साता आफ्नो टोलीलाई चीन पठाउँदैछौं, आशा छ यसबाट भाइरस उत्पत्तिका बारेमा बुझ्न मद्दत मिल्नेछ।’

टोलीमा को–को रहनेछन् भन्नेबारेमा भने डब्लुएचओले स्पष्ट पारेको छैन। वैज्ञानिकरुले भाइरस चीनको वुहान सहरस्थित जनावरको बजारबाट फैलिएको अनुमान गर्दै आएका छन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने