काठमाडौं- तीन वटा निजी प्रयोशालाले पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएका छन्।
हालसम्म सानेपास्थित स्टार अस्पताल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सेन्ट्रल डाइनोग्नोस्टि ल्याब्रोटरी कमलपोखरीले पिसिआर परीक्षणका लागि स्वीकृति पाएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए।
सानेपास्थित स्टार अस्पताल असार १५ मा निजीबाट पिसिआर परीक्षणका लागि स्वीकृति पाउने पहिलो अस्पताल बनेको थियो। यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर परीक्षणका निजी प्रयोगशालालाई आह्वान गरेको थियो।
परीक्षण निजी क्षेत्रले गर्ने भएपनि स्वाबको संकलन भने सरकारले नै गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परीक्षणको शुल्क पनि सरकारले नै दिनेछ।
निजी प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निश्चित मापदण्ड बनाएको छ।