काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट ६० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला ९ र ५१ जना पुरुष छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लाका एक पुरुष, आइसोलेसन सेन्टर पिपरा कोहलपुर बाँकेबाट एक पुरुष, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५ पुरुष, अल्पमाई नर्सिङ इन्टिस्च्यूट सर्लाहीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पताल विराटनगरबाट झापाका चार महिला र दुई पुरुष, मोरङका ३ महिला २ दुई पुरुष, पाँचथरका एक महिला, सुनसरीका एक महिला र एक पुरुष र विपी कोइराला स्वास्थ्य विज्ञान धरानबाट मोरङबाट८ पुरुष संक्रमणमुक्त भएका छन्।
देशभरबाट हालसम्म तीन हजार १सय ९४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २७७ र २ हजार ९सय १७ जना पुरुष रहेका छन्।
नेपाल पछिल्लो २४ घण्टामा ३१६ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। जसमध्ये २९ जनाको मृत्यु भएको छ।