काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। मंगलबार ३ सय १६ जना संक्रमित भेटिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको हो।
गत २४ घण्टामा ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ४, सिरहाका १०, उदयपुरका २, झापाका ५ र सुनसरीका २ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा संखुवासभाका ३, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका २१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धुनषाका ३, रौतहटका ५, महोत्तरीका २९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २७, बाजुराका १, काठमाडौ र रौतहटका २÷२, स्याङजा र गुल्मीका १÷१, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुर र बागलुङका १÷१ जनामा कोरोना पाइएको छ ।
पाटन अस्पताल ललितपुरमा डडेल्धुरा, काठमाडौं र ललितपुरका १÷१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
वीर अस्पताल काठमाडौंमा अछामका १, बैतडीका १ र डोटीका १५, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका ९, म्याग्दीका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कास्कीका ९, लमजुङका ३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्याङजाका ३, तनहुँका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ७ र पाल्पाका १८, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सल्यानका २, दाङका २१ जनामा कोरोना भेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रुकुम पश्चिमका , बाजुराका ४८, बाँकेका १ र दैलेखका ३, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बैतडीका ३, बाजुराका २, डडेल्धुराका २, डोटीका १५ र कैलालीका ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।