काठमाडौं- नेपालमा देखिएका १३ हजार ५ सय ६४ संक्रमित मध्ये सबैभन्दा बढी प्रदेश ५ मा देखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार ४ बजेसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा ३ हजार ८ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँको कपिलवस्तु र दाङमा भने पाँच सय बढी संक्रमित देखिएका छन्।
सबैभन्दा कम बागमती प्रदेशमा ४ सय २८ जना र प्रदेश १ मा ५ सय ९५ संक्रमित देखिएका छन्।
प्रदेश नम्बर २ मा हालसम्म ३ हजार ७ सय ९४ जना संक्रमित देखिएका छन्। प्रदेश २ का रौतहट, महोत्तरी र सर्लाहीमा पाँच सय भन्दा संक्रमित देखिएका छन्।
त्यसैगरि, सुदुरपश्चिम प्रदेशमा हालसम्म २ हजार ४ सय ५७ जनामा देखिएको छ। त्यसमध्ये पनि कैलालीमा पाँच सयभन्दा बढी संक्रमित भेटिएका छन्।
कर्णाली प्रदेशमा १ हजार ४ सय ६६ जना संक्रमित देखिएका मध्ये दैलेखमा पाँच सयभन्दा बढी संक्रमित देखिएका छन्।
गण्डकी प्रदेशमा हालसम्म एक हजार १७ जना संक्रमित देखिएका छन्।