काठमाडौं– मंगलबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। गत २४ घण्टामा ३ सय १६ जना थपिएसँगै संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर हाल २१ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै रौतहटमा १ हजार ३ सय ३५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। दैलेखमा ७६१, कपिलवस्तुमा ७४५, कपिलवस्तुमा ७४५, महोत्तरीमा ६७४, सर्लाहीमा ६५२, दाङमा ५९०, कैलालीमा ५७३, बाजुरामा ४५५, पाल्पामा ३९४ लगायत भेटिएका छन्।
देशभर २१ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ । ३५ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
संक्रमण मुक्त भएर डिस्चार्ज भएपछि नेपालको दुई वटा जिल्लामा भने यतिबेला सक्रिय संक्रमितको संख्या शून्य छ। केही समय अघिसम्म ती जिल्लामा संक्रमित थिए। संक्रमणमुक्त भएका जिल्लामा सोलुखुम्बु र भोजपुर हुन्। सोलुखुम्बुमा १ र भोजपुरमा ६ जना संक्रमित भेटिएको थियो।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३३५
दैलेख – ७६१
कपिलवस्तु – ७४५
सर्लाही – ६५२
महोत्तरी – ६७४
सुर्खेत – ३६५
दाङ – ५९०
धनुषा – ३५४
रुपन्देही – ३०६
बाँके – ३५६
कैलाली – ५७३
गुल्मी – ३३२
डडेल्धुरा – २१६
अर्घाखाँची – ३२०
झापा – २२२
सप्तरी – २४१
पाल्पा – ३९४
डोटी – ३७९
बाजुरा – ४५५
कञ्चनपुर – २४५
बैतडी – २११
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १९६
पर्सा – १६२
बर्दिया – १५८
मोरङ – १५४
बारा – १२५
नवलपरासी पूर्व – १३६
धादिङ – १४५
सिरहा – १७८
स्याङजा – १८८
बागलुङ – १९३
अछाम – १४५
प्युठान – १९६
सुनसरी – ८१
नवलपरासी पश्चिम – ८२
तनहुँ – ११५
उदयपुर – ७०
गोरखा – ९७
पर्वत – ८३
बझाङ – ६१
चितवन – ६७
काठमाडौं – ६७
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४६
जुम्ला – २९
सिन्धुपाल्चोक – ३१
रामेछाप – २६
कास्की – ४९
मकवानपुर – १७
दार्चुला – १६
नुवाकोट – २०
जाजरकोट – १३
सिन्धुली – १४
धनकुटा – ९
भक्तपुर – २०
भोजपुर – ६
ललितपुर – ९
म्याग्दी – ११
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ४
संखुवासभा – ५
इलाम – ७
हुम्ला – ३
मुगु – २
डोल्पा – ३
रुकुम पश्चिम – १२
सोलुखुम्बु – १
खोटाङ – ९
मनाङ – १
लमजुङ – २१
रोल्पा – ४७
काभ्रेपलाञ्चोक – ७
मुस्ताङ – १
ओखलढुंगा – १
रसुवा – ९