काठमाडौं- एक चिकित्सक/एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यान्वयनमा लैजानका लागि मस्यौदा तर्जुमा समिति गठन भएको छ।
मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित उक्त समितिको सदस्यमा वीर अस्पतालका डा रविन खड्का, राष्ट्रिय ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डे, निक साइमन्स इन्स्ट्च्यिुटका डा कासिम शाह रहेका छन्।
यस्तै नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ संघ, पारामेडिकल एसोसिएसनका प्रतिनिधि समेत सदस्य रहेका छन्।
समितिको सदस्य सचिवमा स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव प्रसाद लम्साल तोकिएको छ।
समितिको कार्य अवधि असार मसान्तसम्म तोकिएको छ।
सरकारको नीति तथा कार्यक्रममा ‘एक चिकित्सक/एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम ल्याएको थियो। उक्त कार्यक्रम लागू गर्नका लागि १२ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार समिति गठन भएको हो।
