काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । गत २४ घण्टामा ४ सय ८२ जना भेटिएसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ७, सिरहाका २ र सुनसरीका १, कोशी अस्पताल विराटनगरमा इलामका २, झापाका ६ र मोरङका १ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ७, मोरङ र ताप्लेजुङका १÷१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २१, महोत्तरीका ३६ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नारायणी अस्पताल वीरगञ्जमा पर्साका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ५९, बझाङका १८, बाजुराका ७, गोरखाका २, कैलालीका १४, कञ्चनपुर र पर्वतका १÷१ जनामा कोरोना भेटिएको छ।
मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका ६ जनामा मात्र कोरोना पुष्टि भएको छ।
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गोरखाका १, चितवनका १२, झापाका १, नवलपरासी पूर्वका ११, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा बाराका १, धुलिखेल अस्पतालमा भक्तपुरका १ जनामा कोरोना भेटिएको छ।
यस्तै, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, काठमाडौंका ४, मोरङका १ र ललितपुरका ५, वीर अस्पतालमा डोटीका १८, अछामका ६६, बाजुराका १८, कैलालीका १०, कञ्चनपुरका ९ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ३, स्याङजाका ८ र तनहुँका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ३ र लमजुङका १०, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका १, गुल्मीका ८, नवलपरासीका १ र पाल्पाका २ जनामा कोरोना भेटिएको छ।
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५ र सुर्खेतका २२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दाङका २, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका १८ र जुम्लाका १, सेती प्रादेशिक अस्पतालमा अछामका १, बैतडीका १ र कैलालीका ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।