काठमाडौं - बुधबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १४ हजार नाघेको छ । गत २४ घण्टामा ४ सय ८२ थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २३ पुगेको छ । अछाम र सल्यानमा संक्रमितको संख्या २ सय बढी भएपनि यी जिल्ला पनि यसमा आवद्ध भएका छन् ।
गत २० घण्टामा संक्रमित नभेटिएपनि सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा भेटिएको छ । रौतहटमा १ हजार ३ सय ३५ संक्रमित रहेको मन्त्रालयले जनाएको छ । दैलेखमा ७६३, कपिलवस्तुमा ७४५, महोत्तरीमा ७१०, सर्लाहीमा ६५२, कैलालीमा ६००, दाङमा ५९२, सुर्खेतमा ३८७, धनुषामा ३७५ लगायत संक्रमित छन् ।
देशभर २० जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ । ३४ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ ।
कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३३५
दैलेख – ७६३
कपिलवस्तु – ७४५
सर्लाही – ६५२
महोत्तरी – ७१०
सुर्खेत – ३८७
दाङ – ५९२
धनुषा – ३७५
रुपन्देही – ३०६
बाँके – ३६७
कैलाली – ६००
गुल्मी – ३४०
डडेल्धुरा – २१६
अर्घाखाँची – ३२१
झापा – २४३
सप्तरी – २४१
पाल्पा – ३९६
डोटी – ३९७
बाजुरा – ४९८
अछाम – २७१
कञ्चनपुर – २५५
बैतडी – २१२
सल्यान – २११
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६३
बर्दिया – १६९
मोरङ – १५७
बारा – १२६
नवलपरासी पूर्व – २४
धादिङ – १४५
सिरहा – १८०
स्याङजा – १९६
बागलुङ – १९६
प्युठान – १९६
सुनसरी – ८२
नवलपरासी पश्चिम – ८३
तनहुँ – ११६
उदयपुर – ७०
गोरखा – १००
पर्वत – ८४
बझाङ – ७९
चितवन – ७७
काठमाडौं – ७७
कास्की – ५२
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
कालिकोट – ४८
जुम्ला – ३०
सिन्धुपाल्चोक – ३१
रामेछाप – २६
मकवानपुर – १७
दार्चुला – १६
नुवाकोट – २०
जाजरकोट – १३
सिन्धुली – १४
धनकुटा – ९
भक्तपुर – २२
भोजपुर – ६
ललितपुर – १४
म्याग्दी – ११
ताप्लेजुङ – ५
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ४
संखुवासभा – ५
इलाम – ९
हुम्ला – ३
मुगु – २
डोल्पा – ३
रुकुम पश्चिम – १२
सोलुखुम्बु – १
खोटाङ – ९
मनाङ – १
लमजुङ – ३१
रोल्पा – ४७
काभ्रेपलाञ्चोक – ७
मुस्ताङ – १
ओखलढुंगा – १
रसुवा – ९