काठमाडौं- पछिल्लो २४ घन्टामा ६ सय ६४ जना उपचारपछि संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
यो सँगै निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार एक हजार ४ सयभन्दा बढी डिस्चार्ज भएका थिए।
नेपालमा पछिल्लो २४ घन्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संखया १४ हजार ५ सय १९ पुगेको छ।
बिहिबार पिसिआर ४ हजार ५ सय ३७ भएको छ यो सँगै पिसिआर २ लाख ३७ हजार ७ सय ६४ पुगेको छ।
हालसम्म ३८ हजार १ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् भने १० हजार १ सय ३७ अइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।