काठमाडौं - वीर अस्पतालमा करीब एक साता अघि ओपिडी सेवा लिएकी एक महिलामा कोरोना पुष्टि भएको छ।
ती महिलामा कोरोना पुष्टि भएपछि ओपिडीमा उनलाई हेर्ने दुई जना चिकित्सक बिहिबारदेखि होम क्वारेन्टाइनमा रहेको अस्पतालका कोभिड फोकल पर्सन डा अच्युत राज कार्कीले बताए।
उनीहरु दुवै जनाको पिसिआर परीक्षण समेत भइरहेको उनले जानकारी दिए। ती चिकित्सकमा कोरोना पुष्टि भए कन्ट्याक ट्रेसिङको काम सुरु गरिने उनले बताए।
वीरमा ओपिडी सेवा लिन आएकी ती महिलामा स्तन क्यान्सर देखिएको छ।
भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया गर्ने क्रममा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।