काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापनाका लागि मस्यौदा समिति गठन गरेको छ।
मन्त्रालयले डा विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, विभागका पूर्व महानिर्देशक गजेन्द्र भुजु, डा जनक कोइराला, बाबुराम हुमागाई र खद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत सदस्य रहेका छन्।
समितिमा मन्त्रालयका उपसचिव सानुबाबु अधिकारी सदस्य सचिव छन्।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा औषधि व्यवस्था विभाग खारेज गर्दै शक्तिशाली प्राधिकरण स्थापना गर्ने उल्लेख छ। आगामी आर्थिक वर्षको बजेटमा समेत यो कुरा परेको छ।
मन्त्रालयले सोही अनुसार काम अगाडि बढाउन समिति गठन गरेको हो।