काठमाडौं- त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसोलेसनमा रहेका एक बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मुटुका ती बिरामीमा कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा सारिएको सेन्टरका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ती बिरामीको मुटुको भल्भमा समस्या छ।
शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा सन्तकुमार दासका अनुसार ती बिरामी चार दिन अघि भर्ना भएका थिए।