काठमाडौं– गत २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमित उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।
यो सँगै निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अघि बिहिबार ६ सय ६४ डिस्चार्ज भएका थिए।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।
शुक्रबार विभिन्न २३ वटा प्रयोगशालमा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ।