काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ। गत २४ घण्टामा ७ सय ४० नयाँ थपिएसँगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १९, पर्सा र चितवनका १/१ जनामा कोरोना पुष्टि भएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा रौतहटका २९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
पाटन अस्पताल ललितपुरमा अछामका ६६, बैतडीका ३२, बाजुराका ४७, डोटीका २४, कैलालीका ९ र कञ्चनपुरका २९, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा अछामका ४६, डडेल्धुराका २८, बाजुराका ६, कैलालीका १२ र कञ्चनपुरका ४ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, पर्वतका ३ र तनहुँका ९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २, वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका १४ र उदयपुरका ५ जनामा कोरोना पाइएको छ।
मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा झापाका १४ र मोरङका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सिरहाका २४ र सप्तरीका ८ जनामा कोरोना पुष्टि भएको छ।
कोरोना भेटिनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गत २४ घण्टामा गरिएको परीक्षणमा धनुषाका १६ र महोत्तरीका ६, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १ जनामा कोरोना भेटिएको छ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका १ सय १०, बैतडीका ४, बझाङका १३, डोटीका ११, कैलालीका ७, कञ्चनपुरका २, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहका १ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १, भेरी अस्पताल नेपालगञ्जमा सल्यानका ८, बर्दियाका १०, दैलेखका २, दाङ र रोल्पाका १/१, सुर्खेतका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ८, आरटी पिसिआर दैलेख प्रयोगशालामा दैलेखका १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका १ जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालमा अछामका ८, बैतडीका ४, बझाङका १, डोटीका १२, कैलालीका ३० र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा भेटिएका ७ सय ४० मध्ये १ सय ३४ महिला र ६०६ पुरुष रहेका छन्।