मुख्य समाचार

कान्तिमा उपचाररत शिशुमा कोरोना संक्रमण, उपचारमा संलग्न २० स्वास्थ्यकर्मीको पिसीआर परीक्षण हुने

काठमाडौं– कान्ति अस्पतालमा उपचाररत एक शिशुमा कोरोना संक्रमण देखिएको छ।

१३ महिनाका ती शिशुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिएका छन्। 

संक्रमित शिशु उदयपुरका हुन्। ती शिशुलाई १४ असारमा अस्पताल भर्ना गरिएको थियो। उनमा कोरोना पुष्टि भएपछि शुक्रबार नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा पठाइएको छ। शिशुको उपचारमा संलग्न २० स्वास्थ्यकर्मीको पिसीआर परीक्षणको तयारी हुँदैछ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने