काठमाडौं– नेपालका ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित देखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर २ का रौतहट,महोत्तरी र सलार्ही, प्रदेश नम्बर ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा पाँच सय भन्दा बढी संक्रमित देखिएका छन्।
हालसम्म रौतहटमा एक हजार ३सय ९७ जना संक्रमित देखिएको छन्। रौतहटमा १ एकहजार ३६ पुरुष र ६१ महिला संक्रमित पुष्टि भएका छन्।
महोत्तरीमा ७ सय ३४ संक्रमितमध्ये ७ सय ३ पुरुष र ३१ महिला संक्रमित छन्।
सर्लाही ६ सय ७४ संक्रमित पुष्टि भएका छन्। सर्लाहीमा पुरुष ६ सय २८ र महिला ४६ संक्रमित पुष्टि भएका छन्।
प्रदेश ५ को कपिलबस्तुमा ७ सय ५३ संक्रमितमध्ये ६ सय ९२ पुरुष र ६१ महिला जना महिला छन्।
त्यसैगरि, दाङमा ६ सय २६ संक्रमित पुगेका छन्। जसमध्ये ५ सय १९ पुरुष र १०७ महिला संक्रमित भएका छन्। पाल्पामा हालसम्म ५ सय ३८ जना संक्रमित भएका छन्। पाल्पामा ४सय ९५ पुरुष र ४३ महिला संक्रमित भएका छन्।
कर्णाली प्रदेशको दैलेखमा ७ सय ९७ जना संक्रमित पुगेका छन्। दैलेखमा ७ सय ४२ पुरुष र ५५ महिला संक्रमित छन्।
त्यसैगरि, सुदुरपश्चिम प्रदेशको कैलालीमा ८ सय २९ संक्रमित मध्ये पुरुष ६ सय ५९ पुरुष र १७० महिला संक्रमित छन्। सुदुरपश्चिम प्रदेशकै अछाममा संक्रमितको संख्या ५ सय ८६ पुगेको छ। अछाममा पुरुष ४ सय ६७ र महिला १सय १९ छन्।
डोटीमा ५सय ५३ कोरोना संक्रमित पुगेका छन्। डोटीमा ३ सय ९० पुरुष र १६३ महिला संक्रमित छन्। बाजुरामा ५सय ३९ संक्रमित पुष्टि भएकामध्ये ३ सय ६८ जना र १सय ७१ महिला संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म ३४ कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ।