काठमाडौं— स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी राधिका थपलियालाई दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले मन्त्रीस्तरीय निर्णयमार्फत थपलियालाई अर्को व्यवस्था नभएसम्मका लागि बोर्डको जिम्मेवारी दिइएको जानकारी दिए।
थपलिया ११औँ तहकी कर्मचारी हुन्। उनी लामो समयदेखि जिम्मेवारी विहिन थिइन। बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले राजिनामा दिएपछि बोेर्ड प्रमुख विहीन थियो।
बिमा बोर्ड कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद बैठकले गर्ने व्यवस्था छ। स्वास्थ्य मन्त्रालयले बोर्डको काम प्रभावित नहोस् भनी तत्कालका लागि थपलियालाई जिम्मेवारी दिएको बताइएको छ।