काठमाडौं- नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको असार २१ गते निधन भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।
उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेको समयमा उनको मृत्यु भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै मृत्यु हुनेको संख्या ३५ पुगेको छ।