मुख्य समाचार

गर्भवती र सुत्केरीको कोरोना परीक्षणलाई प्राथकितामा राख्नुः स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरीको कोभिड-१९ परीक्षणलाई प्राथमिकता दिन सबै प्रयोगशालालाई पत्राचार गरेको छ। असार २३ गते स्वास्थ्य सचिवस्तरीय निर्णय अनुसार सबै अस्पताल र प्रयोगशालालाई यस्तो निर्देशन दिइएको हो।

देशमा कोभिड-१९का संक्रमित बढ्दै गएको  र त्यसबाट गर्भवती र सुत्केरी प्रभावित भएको भन्दै उनीहरुलाई प्राथमिकता दिन मन्त्रालयले पत्राचार गरेको हो। 

मन्त्रालयले कुनै पनि अस्पताल तथा प्रयोगशालामा गर्भवती र सुत्केरीको स्वाब संकलन र परीक्षण गर्नुपर्ने भएमा प्राथमिकतामा राखी संकलन गर्न र उक्त स्वाब लिइएको भाँडोलाई रातो फित्ता,डोरी, रिबनले बाँधेर सम्बन्धित प्रयोगशालामा पठाउन निर्देशन दिएको छ। 

स्वास्थ्य मन्त्रालयका सहसचिव शैलजा रेग्मीले पठाएको पत्रमा सम्बन्धित प्रयोगशालाले पनि यस्तो रातो फित्ता लगाएकार आएका स्वाबहरुलाई पहिलो प्राथमिकता दिई परीक्षण गरी सोको नतिजा निस्कने बिक्तिकै सम्बन्धित निकायमा खबर गर्न भनिएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने