मुख्य समाचार

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं-  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित देखिएका छन्। 

हालसम्म उपत्यकाका काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन्।  उपत्यकामा तीन जिल्लामा हालसम्म २६७ कोरोना संक्रमित देखिएका छन्। 

पछिल्लो २४ घण्टामा देशभर २०४ जना संक्रमित थपिएका छन्। यो संगै देशभर कूल संक्रमितको संख्या १६ हजार१ सय ६८ पुगेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने