काठमाडौं- पछिल्लो २४ घन्टामा २ सय ५३ जना कोरोना भाइरसका बिरामी संक्रमणमुक्त भएका छन्। उनीहरु उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ६ सय ८८ डिस्चार्ज भएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, हुम्ला गरी कोरोनामुक्त हुने जिल्ला ५ पुगेको छन्।
नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।
बुधबार विभिन्न २५ प्रयोगशालबाट ४ हजार ६ सय ९६ जनाको पिसिआर भएको छ।
हालसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।